शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालय हेलिकप्टर हस्तान्तरण

शुक्रबार, २० जेठ २०७९, १६ : ३२
शुक्रबार, २० जेठ २०७९

नेपाली सेनाले अध्ययन प्रयोजनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण गरेको छ । प्रदेश नं. १ स्थित सो विश्वविद्यालयलाई रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि हाल प्रयोगविहीन अवस्थामा रहेको एनए-०३९ हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जा सेनाले हस्तान्तरण गरेको हो । 

शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गरेको सेनाको विज्ञप्तिमा उल्लेख छ । 

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर उडान अवधि सकिएपछि ग्राउन्डेड रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप