रुसी हमला १००औँ दिन : २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा
रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा रुसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ ।
रुसले राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालै मात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ
पूर्वी दोनबास क्षेत्रमा रुसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ । युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमिमा रुसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति भोलोदिर जेलेन्स्कीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन