आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनाङका सामुदायिक विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

शुक्रबार, २० जेठ २०७९, १५ : ५९
शुक्रबार, २० जेठ २०७९

हिमाली जिल्ला मनाङका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन । शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भइसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न नसकेको हो ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जनाएको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप