मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान सुरु

शुक्रबार, २० जेठ २०७९, १५ : ३२
शुक्रबार, २० जेठ २०७९

राष्ट्रिय मानवअधिकार आयोगले रोल्पाको कारागारमा भएको घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा गत जेठ ४ गते मृत्यु भएको थियो । 

सो घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै अनुसन्धान सुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको हो । 

‘उक्त घटनालाई आयोगले गम्भीर रूपमा लिई गत जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकार लगायत सम्बद्ध नियकाबाट भइरहेका कार्यहरूको नजिकबाट अनुगमन गरिरहेको थियो । मोवाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको छ’, प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आयोगले घटनालाई संवेदनशीलरूपमा लिई स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप