किशोरीलाई भारत लगेर आफन्तबाटै बलात्कार
एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ ।
रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म गएको र त्यहाँ आफन्तबाटै बलात्कार भएको किशोरीले सुनाएको बताए । पीडितले प्रहरी र आफ्ना आमाबुबासँग पनि फुपाजुले ललाइ फकाई मुम्बई लगिरहेको र बाटोमा गलत सम्बन्ध बनाएको बताएको बच्चालालले बताए ।
कसरी भयो घटना ?
केही दिन अगाडि किशोरीलाई उनका १३ वर्षीय केटा साथीले रौतहटको सीमामा पर्ने भारतीय बजार बर्गेनियाँ समान ल्याउने बहानमा लगेका थिए । त्यहाँ पुगेपछि उनको फुपाजुसँग भेट भयो । फुपाजुले ‘ल मसँग मुम्बई हिँड, त्यहाँ तिमीलाई म राम्रोसँग राख्छु, त्यहाँ तिमी मेरो लागि खाना मात्र पकाउनु, कुनै कुराको समस्या हुने छैन’ भनेर फकाए ।
तर किशोरी फुपाजुसँग जान तयार भइनन् । उनले बुवासँग सोधेपछि मात्र निर्णय दिने जवाफ दिएकी थिइन् । तर, फुपाजुले विभिन्न बहाना बनाएर किशोरीलाई बर्गेनियाँमा तीन दिनसम्म राखे । त्यसपछि त्यहाँबाट ट्रेन चढाएर सीतामढी लगे । सीतामढीमा उनलाई तीन दिनसम्म एउटा लजमा राखे । चौथो दिन मुम्बई लैजानका लागि लागि ट्रेन चढ्न जाँदा उनले मानिनन् । निकै गलफती भएपनि मानिसहरु जम्मा भए भने स्थानीय प्रहरी पनि आइपुगे । यस्तै बाल कल्याण समितिका प्रतिनिधि पनि आइपुगे । त्यसपछि किशोरीलाई उद्दार गरेर विहारको मधुवनीस्थित सीतामढीको बालगृहमा पठाइयो ।
त्यसपछि त्यो बालगृहले केटीलाई नेपाल फर्काउनका लागि पहल सुरु गर्यो । बालगृह नेपालका अभियन्ता सरोज रायलाई खबर गर्यो । त्यसपछि कानुनी प्रकृया पुरा गरेर अभियन्ता रायको टीम जेठ १८ गते मधुवन पुगेको थियो । पीडित किशोरीले सीतामढीसम्म फुपाजुले पटक बलात्कार गरेको बयान दिएकी छन् ।
हाल किशोरीको मेडिकल गराइएको छ । तर, रिपोर्ट आइनसकेको रायले बताए । प्रहरीमा सबै प्रमाणसहित उजुरी परेपनि हालसम्म फुपाजुलाई पक्राउ नगरिएको अभियन्ता रायले बताए । अभियुक्त हाल घरमै रहेको बताइएको छ ।
रौतहट जिल्लाका डिएसपी सुनिल मल्लले पीडितसँग बयान लिने काम सकिएको भन्दै छिट्टै अभियुक्तलाई पक्राउ गरिने बताए । उनले घटनाबारे थप अनुसन्धान गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत