सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

शुक्रबार, २० जेठ २०७९, १५ : ०९
शुक्रबार, २० जेठ २०७९

प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ‘सी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५–० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।

यता ओसिस भने रेलिगेसनमा परेको छ । प्लानिङको जितसँगै आरसी–३२ ‘बी’ डिभिजन लिगमा बढुवा हुने मौकाबाट चुकेको छ ।

जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो । र, शीर्ष दुईमा स्थान पक्का गर्यो । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप