शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

क्यान मुद्दा : खेलकुद मन्त्रालयले माग्यो राखेपसँग प्रतिलिपिसहितको राय

शुक्रबार, २० जेठ २०७९, १४ : ४६
शुक्रबार, २० जेठ २०७९

नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाका विषयमा अख्तियारले युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रमाणित प्रतिलिपिसहितको राय माग गरेको छ ।

अख्तियारले जेठ ६ गते मन्त्रालयलाई पठाएको पत्र अनुसार १५ दिन भित्र क्यानसँग प्रमाणित प्रतिलिपिसहितको राय माग्न लगाएको थियो । अहिले मन्त्रालयले क्यानसँग जवाफ माग्न राखेपलाई उक्त पत्र पठाएको मन्त्रालयका प्रवक्ता विदुर प्रसाद खनालले बताए ।

‘क्यानको लिग खरिदको विषयमा हामीलाई पत्र आएको थियो । हामीले उक्त पत्रको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र बुझाएका छौं,’ खनालले रातोपाटीसँगको कुराकानीमा भने । अख्तियारमा नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदको विषयमा मुद्दा परेको हो । क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाई बेचेको छ । लिगको अधिकार बेच्दा टेन्डर आह्वान नगरेको भन्दै मुद्दा परेको हो ।

यता क्यानले भने आफूहरुसँग हालसम्म पत्र नपुगेको बताएको छ । क्यानका सचिव प्रशान्त विक्रम मल्लले अख्तियारमा मुद्दा परेको जानकारी भएपनि आधिकारीक रुपमा पत्र नआएको जानकारी दिए । ‘मुद्दा परेको भन्ने छ । हामीसँग अख्तियारबाट कुनै आधिकारीक पत्र आएको छैन्,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप