शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कैलाली जिसस पदाधिकारीमा एमालेसँग गठबन्धन गर्दै माओवादी

शुक्रबार, २० जेठ २०७९, १४ : ३१
शुक्रबार, २० जेठ २०७९

कैलाली जिल्ला समन्वय समितिको पदाधिकारीका लागि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । जेठ ३० गते हुन लागेको निर्वाचनका लागि माओवादीले एमालेसँग गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरी अघि बढेको माओवादी केन्द्रले जिससमा भने एमालेसँग गठबन्धन गर्ने भएको हो । जिसस कैलालीको प्रमुख नागरिक उन्मुक्ति पार्टीबाट बनाउने र नेकपा एमालेबाट उपप्रमुख बनाउने गरी माओवादी केन्द्रले बिहीबार सहमति गरेको हो । उन्मुक्ति पार्टीले प्रमुखसँगै थप दुई सदस्य लिने भएको छ । एमालेले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए । माओवादीले दुई जना समन्वय समितिका सदस्य पाउने भएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा जिससका पदाधिकारी तथा सदस्य चयन गर्न कम्तीमा १४ जना प्रमुख÷उपप्रमुखको समर्थन आवश्यक हुन्छ । नागरिक उन्मुक्ति, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् । कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक प्रमुख जितेका छन् । कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप