यू–१९ महिला विश्वकप छनोट : नेपालको विजयी सुरुवात
आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारका लागि कप्तान साची ढड्वालले १४ रन जोडिन् । श्रुतिबेन कमलेशभाइ रानाले पनि १४ रन जोडिन् ।
नेपालका लागि बलिङतर्फ सृष्टि जैशीले ३ विकेट लिइन् । त्यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाइन् । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन् । सानु राजवंशी २१ रनको योगदान गरिन् । त्यस्तै अन्जली विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर आउट भइन् । बलिङतर्फ कतारका लागि साची ढड्वाल र अलिना खानले १÷१ विकेट लिए ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा