अदालतले १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ
शुक्रबार, २० जेठ २०७९, १४ : ०९
![अदालतले १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau-jail-arrest-cartoon_zp61Bu0Zf7.jpg)
नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
-
अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
-
अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता