बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय समिति बैठक स्थगित

शुक्रबार, २० जेठ २०७९, १२ : ४४
शुक्रबार, २० जेठ २०७९

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ । आज बस्ने भनिएको बैठकमा स्थानीय तहको समीक्षा, एमसीसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने भनिएको थियो । स्थानीय चुनावपछिको पहिलो बैठक बोलाए पनि अन्तिममा स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप