बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निजी क्षेत्रमैत्री भएको भन्दै स्वागत

शुक्रबार, २० जेठ २०७९, १२ : ३९
शुक्रबार, २० जेठ २०७९

सरकारको आर्थिक वर्ष २०७९/८० सालको आय व्यय विवरण एवं बार्षिक बजेटमा निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाउँदै आएको मागलाई बजेटमा समेटिनु सकारात्मक  रहेको आरती स्ट्रीप्सले जनाएको छ ।

उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी र नेपाल सरकारको जग्गा ५० वर्षसम्मको लागि भाडामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सराहनीय रहेको कम्पनीको भनाइ छ ।  आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगतयोग्य रहेको छ । यसका साथसाथै देश फलामजन्य सामाग्रीमा आत्मनिर्भर रहेको समेत उल्लेख गरिएको छ, जुन बिदेशी तथा स्वदेशी लगानीमा स्थापित उद्योगहरूले अब सहज रुपमा व्यापार व्यवसाय गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ । 

‘नेपाल स्टील, जस्तापाता, बिभिन्न बायर एवं फलामजन्य बस्तुमा आत्मनिर्भर रहेको छ र अब हरेक उधोग स्वत स्फुर्त रुपमा संचालन हुनेमा दुइमत छैन । यसका साथसाथै सरकारले बार्षिक  १० करोड भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानको लागि समेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औधोगिक क्षेत्रको बिकास गर्न, बैदेशिक लगानी आर्कर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रवर्द्धन गर्न सजिलो भएको छ । यसका साथसाथै अर्पाटमेन्टहरु बिदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगसँगै नेपालमा स्थापित सिमेन्ट र डण्डी उधोगहरु बिक्री बितरण हुन सरकारको राजस्वमा समेत थप बृद्धि हुन जाने देखिन्छ ।’

आरती स्ट्रीप्स प्रा.लि. नेपालकै सबैभन्दा ठुलो बैदेशिक लगानीमा स्थापित फलामजन्य सामाग्री उत्पादक कम्पनी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप