जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : जनताको मन जितेर काम गर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका प्रमुख/उपप्रमुखलाई जनताको मन जितेर काम गर्न निर्देशन दिएका छन् । स्थानीय तहका नवनिर्वाचित प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका जनप्रतिनिधि खुमलटार पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना दिँदै सो निर्देशन दिएका हुन् ।
अभिमुखीकरण कार्यक्रममा सहभागी भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जनप्रतिनिधि शुक्रबार बिहान खुमलटार पुगेका थिए । ती सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले एक–एक गरेर बधाई तथा शुभकामना दिएका छन् । ‘सबै प्रदेशका जनप्रतिनिधिलाई बोलाएको होइन । आएका जनप्रतिनिधिहरूलाई अध्यक्षज्यूले खादा माला लगाएर बधाई दिनुभयो ।’
प्रचण्डको सचिवालय स्रोतले भन्यो ,‘उहाँ (जनप्रतिनिधि) हरुलाई जनताको मन जितेर काम गर्नुस् । अब पार्टीलाई एक नम्बर बनाउनुपर्छ भन्नुभयो ।’ पार्टीको विचार, सिद्धान्त र आचरण विपरित कुनैपनि गतिविधि नगर्न प्रचण्डले निर्देशन दिएका छन् । माओवादीले पहिलोपटक गत बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखलाई काठमाडौमा बोलाएर प्रशिक्षण दिएको थियो । उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेता र विषय विज्ञले प्रशिक्षण दिएका हुन् । दुई दिने प्रशिक्षण सकेर सबै प्रतिनिधि आ-आफ्नो पालिकातिर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त