बलिउडमा तीन ठुला फिल्मको टक्कर
![बलिउडमा तीन ठुला फिल्मको टक्कर](https://rpcdn.ratopati.com/media/albums/canvas_Gkve2csuBe.png)
शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।
सम्राट पृथ्वीराज
अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका हुन् । विश्वभर ४ हजार ९ सय ५० पर्दामा एकसाथ रिलिज भएको यो दर्शकको प्रतिक्षित सूचीमा रहेको फिल्म हो । ‘बच्चन पाण्डे’, ‘बेल बटम’ असफल भएपछि अक्षय कुमारले यो फिल्मबाट राहत पाउने आस गरेका छन् । फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराजको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा मिस वल्र्ड मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिका छिन् । मानुषीले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्मले एडभान्स बुकिङबाट ३.४३ करोड कमाएको छ । फिल्मको पहिलो दिनको आम्दानी १३ देखि १५ करोड हुने अपेक्षा गरिएको छ । फिल्म हिन्दी, तमिल र तेलुगूमा रिलिज भएको हो ।
विक्रम
साउथ सुपरस्टार कमल हासनको फिल्म ‘विक्रम’ ले पनि राम्रो आम्दानी गर्ने अपेक्षा गरिएको छ । १५० करोडको लागतमा बनेको फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् । फिल्मले अग्रिम बुकिङबाट ११.५५ करोड कमाएको छ । फिल्मले पहिलो दिन ४० देखि ४५ करोडको कारोबार गर्न सक्ने अनुमान गरिएको छ । फिल्म तमिल, तेलुगू, मलयालयम, कन्नड र हिन्दीमा रिलिज भएको छ ।
मेजर
मुम्बई हमलाका शहिद ‘मेजर’ सन्दीप उन्नीकृष्णनको बिषयमा बनेको फिल्म हो । २५ करोडको लगानीमा निर्माण भएको फिल्ममा अदिवि शेषले मेजरको भुमिका निर्वाह गरेका छन् । फिल्ममा शेषको अलवा मान्वरेकर, शोभिता धुलिपाला र प्रकाश राजको पनि मुख्य भुमिका छ । फिल्मको एडभान्स बुकिङबाट कुल २.९० करोड कमाएको छ । फिल्म तेलूगु, मलयालम र हिन्दीमा रिलिज भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा