बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

प्रमुख प्रतिपक्षीको प्रश्न– ‘सरकार बजार अनुगमन खोइ ?’

शुक्रबार, २० जेठ २०७९, ११ : ३९
शुक्रबार, २० जेठ २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सरकारमाथि बजार अनुगमनको विषयमा प्रश्न गरेको छ । उपभोग्य वस्तु खाद्यान्न दाल, चामल, तेल पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दा समेत सरकार मौन रहेको प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले के हेरिरहेको छ ? भनेर प्रश्न गरे । 

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बजारमा यावत् उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिकै कारण आम सर्वसाधारणले दैनिक जीवन चलाउन समेत नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले सर्वसाधारणले राज्य भएको कसरी महशुस गर्ने ?’ प्रतिप्रश्न गर्दै भट्टराईले भने, ‘छिमेकी मुलुकमा कर समायोजन गरे भने पनि महँगीलाई घटाइएको छ, उपभोक्तालाई राहत दिएको छ । तर हामी किन सकिरहेका छैनौं । उल्टो सातामा नै दुई–दुई पटक पेट्रोलियम पदार्थ मूल्य गरेर १८० रुपैयाँ पुर्याउने ?’ 

तीव्र मूल्य वृद्धिलाई नै मौका छोपेर बजारमा कालो बजारी समेत बढेको बताउँदै प्रमुख सचेतक भट्टराईले भने, ‘सरकार बजार अनुगमन खोइ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप