ad
x

यौनसम्बन्ध बिना विवाह गरेको ८ वर्ष बित्यो, अभिनेत्रीका नेता श्रीमान्‌ले सोधे, ‘अझै कति कुर्ने ?’

person explore access_timeजेठ २०, २०७९ chat_bubble_outline0

उडिया फिल्मकी अभिनेत्री वर्षा प्रियदर्शिनी तथा उनका श्रीमान् बीजेडी सांसद अुनभव मेहन्तीको सम्बन्धविच्छेद यतिबेला चर्चामा छ । अनुभव अभिनेताबाट सांसद बनेका हुन् । सोसल मिडियामा पनि यी दुईको नीजि कहानी भाइरल भइरहेको छ । अनुभवका अनुसार विवाहको यत्तिका वर्ष बितिसक्दा पनि यी दुईबीच यौनसम्बन्ध स्थापित हुन सकेको छैन । श्रीमतीले उनलाई छुनसमेत नदिने उनले बताएका छन् । अनुभवले यो सबै कुरा सोसल मिडियामा पनि पोस्ट गरेका छन् । सम्बन्धविच्छेलको यो मुद्दा यतिबेला उडिसा उच्च अदालतमा चलिरहेको छ ।


यस्तै, वर्षाले पनि आफ्ना श्रीमानमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छिन् । वर्षाले अनुभवका साथीहरु रक्सी पिउन घरमा आउने गरेको र यस्तो नगर्न भन्दा उनीमाथि कुटपिट हुने गरेको पनि आरोप लगाएकी छिन् । यसका साथै वर्षाले अनुभवको अन्य महिलासँग पनि अफेयर भएको आरोप लगाएकी छिन् ।



त्यसपछि अनुभवले सेप्टेम्बर २०२० मा सम्बन्धविच्छेदका लागि दिल्लीमा एक याचिका दायर गरेका थिए जसको सुनुवाई हाल चलिरहेको छ ।

२६ मे २०२२ मा अभिनेत्री वर्षाले उच्च अदालतमा एक याचिका दर्ता गरेकी थिइन् जसमा उनले अनुभवले उनीविरुद्ध कुनै पनि बयानबाजी वा भिडियो पोस्ट गर्न नपाउने माग गरिएको थियो । उच्च अदालतले यो मामिलामा सुनुवाई गर्दै दुबैले कुनै पनि मञ्चमा एक–अर्काविरुद्ध बयान वा भिडियो पोस्ट नगर्न आदेश दिएको थियो । सम्बन्धविच्छेदको सुनुवाई कोर्टमा पूरा नभएसम्म यो आदेश लागू हुने पनि बताइयो । यसको अर्को सुनुवाई ४ जुलाईमा हुनेछ ।

वास्तवमा एउटा भिडियोमा श्रीमानले भनेका थिए, ‘हाम्रो विवाह भएको यत्तिका वर्ष बितिसकेको छ तर हामीबीच सेक्स भएको छैन । अब तपाईंहरु नै भन्नुहोस् कि कोही श्रीमान्ले कति दिनसम्म कुर्ने ?’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।