शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न भारत पुगे कृषि मन्त्री

शुक्रबार, २० जेठ २०७९, १० : ५४
शुक्रबार, २० जेठ २०७९

सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि ताकेता गर्न भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत पुगेका छन् । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रमलगत्तै भारतका रसायन तथा उर्वर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् ।

भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएका छन् । 

मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप