आजदेखि मण्डलामा ‘चोरको स्वर’

नाटक ‘चोरको स्वर’ को मञ्चन आजबाट हुने भएको छ । मण्डला थिएटरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुने मण्डला थियटरले जनाएको छ । नाटकको शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत हुनेछ ।
आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक लिम्बू समुदायमा हुने भागी विवाहको बिषयमा आधारित छ । जवान लिम्बू केटाले केटी भगाएपछि केटा पक्षबाट तपाइँको छोरी चेली हाम्रो साथमा छ, हाम्रो छोरा–भतिजले माया गरेर, खुसीसाथ राखेको छ भनेर जानकारी दिने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ । नाटकले लिम्बू संस्कार, रीतिरिवाज अनुसार विवाहको प्रसंग अघि बढ्छ । नाटकले यी विषयमाथि गहिरिएर देखाउने छ ।
नवीन चौहानको कथा, अनिल सुब्बा र अन्वेश राई थुलुङको परिकल्पना तथा निर्देशन रहेको नाटक असार १५ गतेसम्म साेमबार बाहेक नियमित मञ्चन हुनेछ । नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापामगर, वेदना राईलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?