बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

शुक्रबार, २० जेठ २०७९, ०९ : ०९
शुक्रबार, २० जेठ २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह  र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहेका छन् । 

शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए ।

मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप