बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जोनसन हटे यीमध्ये एक जना बन्नेछन् बेलायतको नयाँ प्रधानमन्त्री

शुक्रबार, २० जेठ २०७९, ०६ : ५९
शुक्रबार, २० जेठ २०७९

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन एकपछि अर्को विवादमा तानिन थालेपछि कन्जरभेटिभ पार्टीभित्र उनको विकल्प छान्नुपर्ने चर्चा चल्न थालेको छ । यस्तोमा गार्जियनले पार्टीभित्र नेतृत्वका आकाङ्क्षी मध्ये कसले जोनसनलाई विस्थापित गर्न सक्छन् भनेर सूची दिएको छ । 

बोरिस जोनसनको राजनीतिक भविष्य आगामी साता तय हुने बताइँदैछ । टोरी भनेर पनि चिनिने कन्जरभेटिभ पार्टीका ५४ सांसदले प्रधानमन्त्रीप्रति विश्वास नरहेको दाबी संसद्मा पेस गर्ने आशङ्का गरिदैछ । त्यसपछि १८० कन्जरभेटिभ सांसदले उनको बिहर्गमन गर्ने नगर्ने विषयमा एक गोप्य मतदान गर्नेछन् ।

तर जोनसनेको बहिरगमनपछिका नेता स्पष्ट नभई सकेकाले टोरी सांसद मतदानप्रति त्यति उत्साही नरहेको बताइन्छ । यस्तो अवस्थामा धेरैले पुन: जोनसन नै रोज्ने आशङ्का पनि गरिदैछ । तथापि नयाँ उम्मेदवारको सम्भावना नरहेको होइन । यस्तोमा कन्जरभेटिभ पार्टीभित्रका कुन नेताले जोनसनलाई विस्थापित गर्लान् ? द गार्जियनले प्रस्तुत गरेको सुचिमा हरेक नेताले जोनसलाई हटाउन १० मा कति सम्भावना रहेको भनेर उल्लेख पनि गरेको छ ।  

लिज ट्रस (५/१०):

वर्तमान सरकारमा विदेश मन्त्री रहेकी ट्रस पछिल्लो समय चर्चित कन्जरभेटिब नेतृ मार्गेरेट थ्याचरको झल्को दिने फोटोका कारण चर्चामा आएकी थिइन् ।  

इरानी जेलबाट बन्दी रहेकी ब्रिटिस नागरिक नजनिन जघारी–र्‍याट्क्लिफको रिहाइ गराउन सफल भएपछि उनको चर्चा चुलियो । 

युक्रेनमाथि रुसी आक्रमणपछि उनको प्रयासले रुसी धनाढ्यहरूमाथि प्रतिबन्ध लगाएर बलियो नेताको परिचय बनाइन् । 

कैयौँ नयाँ सांसद उनलाई ‘असाधारण’ नेतृ मान्छन् तर त्यतिकै सङ्ख्याका सांसद उनलाई अस्थिर मान्छन् । यस्तो भन्नेहरू उनमा नीतिप्रति अचम्मलाग्दो व्यग्रता र अनौठो खालको सार्वजनिक मन्तव्य भन्ने शैली रहेको बताउँछन् ।  

विगतमा युरोपेली संघमा रहनु पर्ने विचार राख्ने ट्रस पछिल्लो समय ब्रेक्जिट पक्षमा ढल्किएकी छन् । युरोपेली संघबाट छुट्टिने बेलामा संघसँग भएको नर्दन आयरल्याण्ड प्रोटोकलको केही बुँदा उल्लङ्घन गरेर उनले युरोपेली संघविरोधी सहकर्मी नेताको विश्वास जितेकी छन् । 

जेरेमी हन्ट ५/१० 

पूर्व विदेश मन्त्री तथा स्वास्थ्य मन्त्री अघिल्लो चरणको नेतृत्व चयनमा जोनसनसँग पराजित भएका थिए । यही कारण उनी जोनसनको मन्त्रीमण्डलमा गएनन् । धेरै चर्चामा नआईकन उनले पृष्ठभूमिमा रहेर  राजनेताको भूमिका निभाए । पार्टीभित्रका मझधारका नेता मानिने हन्ट जोनसनभन्दा फरक शान्त देखिन्छन् । साथै उनी जोनसनजस्तो जनतामाझ पनि ध्रुवीकृत पनि छैनन् । 

ऋषि सुनाक ४/१०

ऋषि सुनाकको तुलनात्मक न्यून राजनीतिक अनुभवका बाबजुद अर्थ मन्त्रालय चलाउँदा उनले आफूलाई सम्भावित उत्तराधिकारीका रूपमा उठाए । तर उनको परिवारको कर काण्ड बाहिरिएपछि उनको लोकप्रियता स्वात्तै घटेको छ । 

महमारीकालमा सुनाकले ल्याएको कोभिड राहातमार्फत धेरै परिवार र व्यवसायले प्रशंसा हुन्थ्यो । तर पछिल्लो समय महँगी वृद्धिविरुद्ध उचित कदम चाल्न नसकेकोमा उनको आलोचना हुन लागेको छ । उनको महँगो जीवनशैलीले पनि उनलाई घाटा गर्ने ठानिन्छ ।

पार्टीभित्र उनलाई समर्थन गर्ने धेरै छन् । तर केहीले भने ऋषि सुनाकलाई भन्दा उनको भित्री वृत्तले उनलाई प्रधानमन्त्री बनाउने बढी चाहिरहेको पनि विश्लेषण गर्छन् । अर्थमन्त्रीबाट बाहिरिए पनि उनी क्यालिफोर्नियाको पुरानो जीवनमा फर्किने चर्चा पनि छ । 

नधिम जहावी ३/१०

हालका शिक्षा मन्त्री नधिम जहावीले यसअघि खोप मन्त्री रहँदा पार्टी पङ्क्तीलाई प्रभावित बनाउन सफल भए । शिक्षाको सवालमा पनि उनले कन्जरभेटिब पार्टीले सामना गरिरहेको केही कठिन मुद्दालाई सुल्झाएपछि उनी पार्टीपंक्तिमा प्रशंसा कमाए । 

बाल्यकालमा इराकबाट शरणार्थीको रूपमा बेलायत आएर सफलता हासिल गरेको पृष्ठभूमिले पनि धेरैलाई प्रभावित बनाउने गर्छ । तर सुनाककोजस्तै उनको पनि महँगो जीवनशैली समस्या सिर्जना गर्नसक्छ । उनले विगतमा तेल तथा ग्यास कम्पनीसँग गरेको सम्झौताले विवादमा आएकाले त्यो पुन ब्युतिनेछ । 

साजिद जाभिद ३/१० 

सुनाकजस्तै जाभिद पनि एक प्रधानमन्त्रीका बलियो प्रतिस्पर्धी हुन्थे होलान् तर  हालसालै उनको कर काण्ड सार्वजनिक भएपछि उनको प्रतिष्ठामा धक्का लागेको छ । 

पूर्व बैंकर जाभिद अहिले स्वास्थ्य मन्त्रालय सम्हालिन रहेका छन् । यसअघि उनले अर्थ मन्त्रलाय, संस्कृति मन्त्रालय, व्यापार मन्त्रालय र समुदाय मन्त्रालय लगायतको अनुभव लिईरहेका छन् । बस चालक पिताका छोरा जाभिद सामान्य परिवारमा हुर्किएका थिए ।

टम टुगेन्डह्याट ३/१० 

पूर्व सैनिक कन्जरभेटिभ पार्टीभित्रका मध्यपन्थी माझ लोकप्रिय छन् । तर कुनै मन्त्रालयको अनुभव नभएको र छाया क्याबिनेटको समेत अनुभव नभएका व्यक्ति बेलायतमा प्रधानमन्त्री हुने सम्भावना न्यून हुन्छ । 

तथापि केही सांसदले जोनसनको सरकारमा नरहनु नै उनको एउटा गुण रहेको बताइरहेका छन् । त्यसका अनरिक्त केही उनको ध्यान घरेलु एजेन्डामा भन्दा विदेशी मामिलामा केन्द्रीत रहेको भन्दै चिन्ता व्यक्त गर्छन् । 

पेन्नी मोरडोन्ट २/१०

पूर्व रक्षामन्त्री मोरडोन्ट ब्रेक्जिट पक्षधर भएकाले उनलाई जोनसनको मन्त्रीमण्डलमा प्रस्ताव गरिएको थियो । तथापि पछि उनले जेरेमी हन्टको समर्थन गर्न थालेपछि उनलाई बेईमान ठानिएके थियो । लकडाउनको समयमा जोनसनले पार्टी गरेको विषयमा प्रधानमन्त्रीको स्पष्ट भाषामा विरोध गर्ने मन्त्री थिइन्, उनी । अहिले उनी आफै प्रधानमन्त्रीको तयारी गरिरहेको देखिन्छ । 

बेन बालेस २/१० 

रक्षा मन्त्री वेन वालेसले युक्रेनको युद्धमा कुशलतापूर्वक कदम चालेकोमा अहिले क्याबिनेट सदस्यमध्ये राम्रो मूल्याङ्कन पाइरहेका छन् । विगतमा त्यति ठूलो सार्वजनिक छवि नबनाएका भए पनि अहिले उनले त्यसको भरपाई गरिरहेकाले प्रधानमन्त्रीको लागि उम्मेदवारी दिनुपर्ने केही कन्जरभेटिभ सांसदले बताउन थालेका छन् । 

माईकल गोभ २/१०

गोभले प्रधानमन्त्रीको उम्मेदवारी नदिने बताएका भए पनि उनको उम्मेदवारीलाई खारेज गर्न सकिदैन । उनी सर्बसाधरणमाझ त्यति लोकप्रिय छैनन्, तर कैयौँ कन्जरभेटिभ सांसद उनलाई सबैभन्दा अनुभवी र कुशल वक्ता मान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप