बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यूक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरेको दावी

बिहीबार, १९ जेठ २०७९, २३ : १६
बिहीबार, १९ जेठ २०७९

रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रुसले कब्जा गरेको छ ।”  
देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ । 

यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप