मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने

बिहीबार, १९ जेठ २०७९, २२ : ५४
बिहीबार, १९ जेठ २०७९

मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । 

आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेषभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप