सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लागुऔषध खैरो र सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ

बिहीबार, १९ जेठ २०७९, २१ : ५८
बिहीबार, १९ जेठ २०७९

नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभात नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना७ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हिरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई आज बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएका अवस्थामा खैरो र सेतो हिरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ भगतसँग खैरो हिरोइन १०३ ग्राम र सेतो हिरोइन चार ग्राम बरामद गरेको छ । पक्राउ परेका भगतलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप