युक्रेनको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको राष्ट्रपति जेलेनेस्कीको दावी
बिहीबार, १९ जेठ २०७९, २१ : ४८
रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।” देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।
यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउँदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ
-
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
-
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-
संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
-
चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
-
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)