शेरिल स्याण्डवर्गले १४ वर्षपछि अचानक फेसबुकको सञ्चालक कम्पनी मेटाबाट दिइन् राजीनामा
मेटा प्ल्याटफर्म इन्ककी प्रमुख सञ्चालक अधिकृत (सीईओ) शेरिल स्याण्डवर्गले सो पदबाट राजीनामा दिएकी छन् । स्याण्डवर्ग मेटाको बोर्डमा भने रहि रहनेछिन् । मेटा फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपको मातृ कम्पनी हो । स्याण्डवर्गले औपचारिक रुपमा सीईओ छाडिसकेपछि उनको पद जेभियर ओलिभ्यानले सम्हाल्नेछन् ।
ओलिभ्यान हाल कम्पनीको विकास शाखामा काम गरिरहेका छन् । स्याण्डवर्ग सन् २००८ मा फेसबुकसँग जोडिएकी थिइन्, जुनबेला कम्पनी सुरुवाती चरणमै थियो । उनको नेतृत्वमा कम्पनी १२० अर्ब (गत वर्षको मूल्याङ्कन अनुसार) रिभेन्युयुक्त कम्पनीमा विकास भएको छ ।
स्याण्डवर्ग फेसबुकका सीईओ मार्क जुकरवर्गपछि कम्पनीको सबैभन्दा परिचित पदाधिकारी रहँदै आएकी छन् । फेसबुकमा आबद्ध हुनुअघि स्याण्डवर्ग गुगलमा कार्यरत थिइन् । फेसबुकमा जोडिँदा उनले विज्ञापन, साझेदारी, व्यवसाय विस्तारजस्ता व्यापारिक शाखा सम्पूर्ण हेर्ने गरी आएकी थिइन् । यसले जुकरवर्गलाई उत्पादनमा केन्द्रित हुन सघायो । तर दुई जनाको ‘पहिले विस्तार गर्ने पछि समस्या सम्बोधन गर्ने’ भन्ने नीतिले फेसबुकमा धेरै समस्या सिर्जना हुन पुगेको छ ।
५२ वर्षीया स्याण्डवर्गले आगामी गृष्ममा विवाह गर्ने योजना गरेको पनि बताइन् । उनका दोस्रा श्रीमान डेभिड गोल्डम्यान सन् २०१५ मा बितेका थिए । दुई जनाका एक छोरा र एक छोरी छन् । साथै उनले आफ्ना परिवारसँग बढी समय बिताउन चाहेको पनि बताइन् । उनी चाँडै हजुरआमा बन्दै छिन् । त्यसबाहेक महिलाको मुद्दामा वकालत गर्ने र परोपकारको काममा सरिक हुने योजना पनि उनले खुलाएकी छन् ।
स्याण्डवर्गको राजीनामाको समाचारपछि मेटाको शेयर मूल्यमा हल्का (२.६ प्रतिशत) गिरावट आएको थियो । –ब्लुमवर्गबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा