आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आन्तरिक उडानमा मौसम विभागले सहजीकरण गर्ने

बिहीबार, १९ जेठ २०७९, २१ : १६
बिहीबार, १९ जेठ २०७९

जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । 

प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम विज्ञान विभागलाई आग्रह गरिएको थियो ।
      
विभागका सूचना अधिकारी विभूति पोखरेलले प्राधिकरणको आग्रहबमोजिम स्रोतसाधन र जनशक्तिले भ्याएसम्म सहजीकरण गर्न विभाग तयार रहेको बताए । “हामी सेवा सहजीकरणकै लागि बसेका हौँ, हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म मौसमी सूचना व्यवस्थापन गर्छौं हवाई सुरक्षाका लागि हामी पनि उत्तिकै गम्भीर छौँ, प्रविधि र जनशक्तिले भ्याएसम्म मौसमी सूचना दिन प्रतिबद्ध छौँ”, सूचना अधिकारी पोखरेलले भने ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप