पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
बिहीबार, १९ जेठ २०७९, २१ : ०८

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।
पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)