निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रदेश सांसदको माग
मधेस प्रदेशका प्रदेशसभा सदस्यले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउन माग गरेका छन् । आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उनीहरूले निजगढ विमानस्थलको विषय मधेस प्रदेशको आर्थिक समृद्धि र जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिएकाले निर्माण काम अघि बढाउन माग गरेका हुन् ।
“प्रस्तावित निजगढ विमानस्थल मधेस प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ”, प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, ‘‘निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ ।”
प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले व्यापक अध्ययनबाट पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा उपयुक्त हुने निष्कर्षका साथ निर्माण गर्ने योजना तयार भएको उल्लेख गर्दै निजगढ विमानस्थलको काम अघि बढाउन माग गरे । “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका क्रममा पर्यावरणीय संरक्षणको कुरा पनि उठ्यो”, मन्त्री महतोले भने, “तर विमानस्थल निर्माण गर्दा धेरै रुख काटिन्छ, पर्यावरणमा असर पर्छ भन्ने कुरालाई जसरी भयावह बनाइएको छ वास्तविक रूपमा त्यस्तो छैन ।”
नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता समेत रहेका मन्त्री महतोले भने, “विनाश नगरी विकास हुँदैन, नभत्काइ नयाँ बन्छ रु त्यसैले विकास गर्न केही विनाश गर्नुपर्छ ।” मधेस प्रदेशको लाइफलाइनको रूपमा रहेको निजगढ विमानस्थल निर्माणका लागि थोरै जङ्गलै फडानी गरेर भए पनि काम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको आर्थिक समृद्धि, रोजगारी र पहिचानसँग प्रत्यक्ष जोडिएको निजगढ विमानस्थल निर्माणका लागि दबाब सिर्जना गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य दिलीप साहले निजगढ विमानस्थल मधेस प्रदेशको मेरुदण्डका रूपमा रहेकाले यसलाई जसरी पनि अघि बढाउनुपर्ने माग गरे । उनले निजगढ विमानस्थल निर्माण भएपछि मधेस प्रदेशको विकास र समृद्धिको यात्राले गति लिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी