सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जनताले एमालेलाई माया गरेर मत दिए : ओली

बिहीबार, १९ जेठ २०७९, २० : ३८
बिहीबार, १९ जेठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा जनताले एमालेलाई माया गरेर धेरै मत दिएको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै ओलीले एमालेलाई जनताले मत दिएपनि नेतापिच्छे उम्मेदवार ठिक भएन भन्दै न्यायाधीश बन्दा हारिएको बताएका छन् । स्थानीय तहमा दोस्रो भएपनि मतमा एमाले पहिलो भएको ओलीले बताए । ‘हामीले पालिका कम जित्यौं होला । त्यस आधारमा हामी कमजोर देखिएको हुनसक्छ ।’ ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘तर, जनमतमा एमाले पहिलो दल भएको छ । एमालेको जनमत घटेको छैन, त्यसप्रति गुनासो छैन ।’ 

‘हामीले उपप्रमुख जित्ने प्रमुख हार्ने भयो । वडामा जित्ने प्रमुख हार्ने भयो । समस्या हामीमै भयो ।’ ओलीको भनाई उल्लेख गर्दै रिजालले भने, ‘केही चित्त बुझेको छैन भनेपनि कमिटीले फैसला गरेपछि नेतापिच्छे न्यायधिस भएर यो उम्मेदवार ठिक भएन भनेर हुदैन । त्यसैले हामीले हारियौ ।’ सत्ता गठबन्धनले एमालेले गरेको विकासलाई भत्काउने बाहेक अरु कामै नगरेको ओलीको आरोप छ ।

 ‘यो गठबन्धनले हामी गरेको विकासको जग भत्काउने काम गरेको छ । कुनैपनि नयाँ जग हालेको छैन । हामीले गरेको कामलाई उल्ट्याउने बिगार्ने काम गरेको छ ।’ ओलीले भने, ‘आगामी प्रदेश र संघको चुनावमा जनसंगठन वडा र पालिकामा केन्द्रीत हुनुपर्यो । सत्ता गठबन्धन एमाले र एमाले विरुद्धको गठबन्धन हो ।’ प्रदेश र संघको चुनावमा एमाले एक्लै जाने ओलीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप