ललितपुर जिससमा गठबन्धनका उम्मेदवार निर्विरोध
ललितपुर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जेठ १८ गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
जिसस ललितपुरको प्रमुखमा नेपाली काँग्रेसका ऋषिदेव फुयाँल, उपप्रमुख नेकपा ९माओवादी केन्द्र०का रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यतर्फ काँग्रेसका हरिहर कार्की, दिनेश घोर्साइने र माओवादीका साधुराम श्रेष्ठ, अल्पसङ्ख्यकमा काँग्रेसकै सुवेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, काँग्रेसका गीता खड्का र शोभा कार्की निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले शपथ ग्रहण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण