बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

बिहीबार, १९ जेठ २०७९, २० : १२
बिहीबार, १९ जेठ २०७९

महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई आयोगको टोलीले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको संयुक्त टोलीले दुवै जनालाई महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको जनाइएको छ ।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीका लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा दुवैलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप