बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

बिहीबार, १९ जेठ २०७९, १९ : ५१
बिहीबार, १९ जेठ २०७९

सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ। उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा तीन सय मिटर पूर्व दक्षिणस्थित सोही त्रियुगा खोलामा खत्री मृत फेला परेका हुन् । मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी बेल्टभर लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप