मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जनमोर्चा निकट किसान महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिहीबार, १९ जेठ २०७९, १९ : २०
बिहीबार, १९ जेठ २०७९

किसानहरुलाई समयमा मलखाद्द, बीउबीजन, सिञ्चाई र बजारीकरणको समस्याहरूको समाधान गर्न भन्दै राष्ट्रिय जनमोर्चा पार्टीसँग आवद्ध अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

तत्काल कृषकलाई सहुलियत दरमा बीउबिजन तथा मलखादको व्यवस्था गर्नुपर्ने, सिञ्चाईको व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने, किसानहरुलाई सहुलियत दर कृषि ऋणको व्यवस्था गर्नुपर्ने, खाद्यान्न नेपाल सरकारले उचित मूल्यमा खरिद गर्नुपर्ने लगायतको माग रहेको छ ।

यस्तै प्राकृतिक प्रकोपका कारण नष्ट भएमा त्यसको सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कैलालीमा मलखाद उत्पादन गर्न फर्टिलाईजर कारखाना स्थापना गरिनुपर्ने, भूमिहीन दलित, सुकुम्वासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीलाई यथाशिघ्र जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनुपर्ने पनि माग रहेको छ ।

ज्ञापनपत्र बुझाउ“दा अखिल नेपाल किसान महासंघ कैलालीका अध्यक्ष राजबहादुर शाही, केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेय, जनमोर्चाका प्रदेश इन्चार्ज नन्दराज भट्ट, महासंघका जिल्ला सचिव जयबहादुर विक, सदस्य चन्द्रबहादुर विष्ट, खडकबहादुर राना, जनमोर्चा पार्टीका नेता बाबुराम आचार्य लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप