महोत्तरीमा आत्महत्या गर्नेको संख्या बढ्दै, ३ महिनाभित्र १८ जनाले ज्यान गुमाए
महोत्तरीमा आत्महत्या गर्ने महिला, पुरुषको संख्या अत्यधिक बढेको छ । पछिल्लो ३ महिना यतामात्र महोत्तरीमा आत्महत्या गरेर १८ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आत्महत्या गर्नेहरूमा ८ महिला र ८ जना पुरुष छन् । १८ जनामध्ये २ जना बालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आत्महत्याको क्रम बढेसँगै महोत्तरीमा यसको कारण खोजीको विषय बनेको छ । पहिलेको तुलनामा झन-झन आत्महत्या बढ्न थालेपछि यसको कारणबारे महोत्तरीमा समाजसास्त्रीहरूबीच बहस नै सुरु भएको छ ।
कतिपय समाजसास्त्रीहरुले आत्महत्यालाई गरिवी, बेरोजगारसँग जोडेका छन भने कतिपयले आतमहत्या दुरुत्साहनलाई व्याख्या गरेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा मात्र यो ३ महिनाको अवधीमा ४ वटा मुद्दा परेका छन् । केही वर्षअघिसम्म महोत्तरीमा आत्महत्याको फरक स्वरुप थियो ।
'धेरैजसोले पारिवारिक झै-झगडा, दाइजो नल्याएको आरोपमा आत्महत्या गर्न बाध्य बनाइने गरिन्थ्यो । त्यसमा पनि आत्महत्यामा महिलाहरु अधिक हुन्थे,' गौशालाका रामपुकार बताउछन् । तर आजभोली महिला, पुरुष बराबरी संख्यामा आत्महत्या गर्ने गरेको पाइएको छ । यो ३ महिना अवधीको आत्महत्याको तथ्यांकलाई हेर्ने हो भने पनि बराबरी नै छ ।
कहिले महिला पुरुषबाट पीडित त कहिले पुरुष महिलाबाट पिडित हुनुपनि आत्महत्याको कारक बन्ने गरेको प्रहरीको भनाइ छ । आत्महत्यालाई न्यूनीकरण गर्न स्थानिय सरकारको भूमिकासमेत दरिलो हुनुपर्ने विज्ञहरू बताउँछन् । गरिबी कारणले पनि आत्महत्या बढीरहेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै
-
ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए
-
दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन
-
सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै
-
प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन् : बाइडेन
-
‘नायक’ को सिक्वेलको तयारी भइरहेको निर्माताद्वारा पुष्टि