साइबर आक्रमण गरेर बौद्धिक सम्पत्ति चोरेको आरोपमा युवक पक्राउ
बिहीबार, १९ जेठ २०७९, १८ : २९
![साइबर आक्रमण गरेर बौद्धिक सम्पत्ति चोरेको आरोपमा युवक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest_pakrau_jail_cartoon_XlGNwXpRtW.jpg)
साइबर आक्रमण गरेर बौद्धिक सम्पत्ति चोरेको अरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका–१ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल छन् ।
‘राजस्व व्यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच राखेर उनले बौद्धिक सम्पत्ति चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले अर्काको बौद्धिक सम्पत्तिमा आघात पारेर आर्थिक लाभ लिने मनसायले स्थानीय तहलाई सो सफ्टवेयर वितरण गरेका छन् ।
आरोपीले ललितपुरको सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालि नामक आईटी कम्पनी कार्यालय सञ्चालन गर्दै आएका छन् । आरोपीलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म