आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालबाट चरित्र हत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी

बिहीबार, १९ जेठ २०७९, १७ : ४६
बिहीबार, १९ जेठ २०७९

धनुषामा सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी गरेका हुन् ।

उनले जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रकृति खालका घटनाहरु तत्कालै मिलाउने गरेको जनाएको छ । विशेष प्रकृतिका घटनाहरूलाई भने साइबर क्राइममै तत्कालै पठाइने गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप