बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

बिहीबार, १९ जेठ २०७९, १७ : ३५
बिहीबार, १९ जेठ २०७९

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअर्न्तगत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन ।

बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए । ‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धारा प्रस्तुत हुने भएकाले उक्त समयसम्मका लागि यो अधिवेशन स्थगित भएको सभामा जानकारी गराउँछु’ सभामुख थापाले भने ।

चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेश गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप