संघीयता बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयतालाई बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्ने बताएका छन् । बिहीवार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले देशको संघीय शासन व्यवस्था राम्रो ढगबाट व्यवस्थापन गरिएको र यसलाई थप विकसित र सुदृढ बनाउँदै जानुपर्ने बताए । मन्त्री श्रेष्ठले सङ्घीयता कार्यान्वयनको सन्दर्भमा आएको संकल्प प्रस्तावले देशलाई नै मार्गनिर्देश गर्ने बताए । उनले संघीयतासम्बन्धीका हरेक मामिलामा संघीय मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । मन्त्री श्रेष्ठले सरकारले चाँडै नै संघीय निजामति ऐन दर्ता गर्नै तयारी गरेको पनि बताए ।
उनले निजामति ऐन संघीय दुवै सभाबाट पारित गरेर अघि बढाउनसके कर्मचारीहरुको विभिन्न समस्याहरु र संघीयता ठीक ढंगले कार्यान्वयन भएन भन्ने गुनासो सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले संघीयतालाई बिस्तारै सही मार्गचित्रमा लैजाने दायित्व हामी सबैको राजनीतिक दल र नागरिकको भएको बताए ।
मन्त्री श्रैष्ठले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति बनाउने, समितिमा सातै प्रदेशका स्थलगत अध्ययन गरी संसदमा प्रस्तुत गर्ने र १५ बुँदे कार्यान्वयनको लागि निर्देशन दिने कुरा संसदकै अधिनमा भएकोले संसदले आफ्नो कामलाई अघि बढाएर संघीयताको सही कार्यान्वयन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन