शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

४० लाख मूल्य बराबरको अवैध सामानसहितको भारतीय ट्याक्टर नियन्त्रणमा

बिहीबार, १९ जेठ २०७९, १६ : ५३
बिहीबार, १९ जेठ २०७९

प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ । 

उक्त सामान अवैध तरिकाले राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो । ट्याक्टर चालक भारत अरेरिया जोगवनी १० टिकुलीका ३४ वर्षीय श्याम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । चालकसहित ट्याक्टर र सामान आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप