सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बेँसीसहरको पहिलो निर्णय : अतिविपन्नको स्वास्थ्य बिमा नि:शुल्क​

बिहीबार, १९ जेठ २०७९, १६ : ४२
बिहीबार, १९ जेठ २०७९

बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुँच सहज बनाउने उद्देश्यले  स्वास्थ्य बिमा नि स् शुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई नि:शुल्क​ गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने र आवास क्षेत्रका नांङ्गो तारलाई प्लास्टिक कोटेड गराउने निर्णय गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, सतप्रतिशत घरधुरीमा खानेपानी धारा पुर्‍याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने र हरेक बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने लगायतका निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप