बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

युक्रेनका फुटबल समर्थकले रेडियोमा सुनेर पनि देशलाई समर्थन गर्नेछन्

बिहीबार, १९ जेठ २०७९, १६ : ३७
बिहीबार, १९ जेठ २०७९

यति बेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । दुई देशबीच चलिरहेको युद्धको असर सबै ठाँउमा परेको छ । युक्रेनमा युद्धमा होमिरहेका फ्रन्टलाइनरहरुलाई देशको खेल हेर्न सम्भव छैन् । कतिबेला कुन अवस्थामा आफ्नो देशलाई खतरा छ भनेर हेर्ने उनीहरुको दिनचर्या बनेको छ । 

यस्तो समयमा युक्रेन राष्ट्रिय फुटबल टोलीले विश्वकप खेल्नका लागि तीन दिनपछि वेल्ससँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको पाटो पुग्न यो खेल युक्रेनका लागि निकै महत्वपूर्ण छ ।  युक्रेनको फुटबल टिमले युद्धका बीच पनि देशलाई खुसी दिलाउने आशा जोगाएको छ । विश्वकप छनोटको प्लेअफ खेलेको युक्रेनले स्कटल्यान्डलाई हराउँदै विश्वकप नजिक पुगेको पुग्यो । 

बुधबार राति भएको खेलमा युक्रेनले स्कटल्यान्डलाई ३–१ गोलअन्तरले हराउँदै प्लेअफ फाइनलमा स्थान बनायो । यसले युद्धको भूमरीमा अल्झिएका युक्रेनीलाई केही राहत दिलायो ।  गोलीको आवाज सुनिरहेका युक्रेनी जनताहरुलाई फुटबल खेलाडीहरूले खुसीको अंक दिएको छ । खेलको माध्यमबाट देशलाई एक ढिक्का बनाउने पाटोमा युक्रेन राष्ट्रिय फुटबल टोलीले ठूलो भूमिका खेलेको छ । 
त्यो भन्दा पनि देशका सुरक्षामा खटिएका फ्रन्टलाइनरलाई पनि खुसी दिलाएको छ । 

यो विश्वकप युक्रेनका लागि निकै महत्वपूर्ण छ । खेलाडीहरु देशलाई खुसीको अंश दिलाउन लागि परेका छन् । तीन दिनपछि हुने प्लेअफको खेल युक्रेनका लागि विश्वकप जिते सरह हुनेछ । राष्ट्रिय टोलीले विश्वकपमा स्थान बनाउँदा कुन देशवासी पो खुसी नहोलान् र ? युक्रेनका राजनीतिक विश्लेषक टरास बेरेजोभेट्सले विश्वकप प्ले अफको खेल टेलिभिजनमा हेर्न नसक्ने फ्रन्टलाइनरहरुले पनि देशलाई युद्ध स्थानबाट रेडियोमा खेल सुनेर पनि समर्थन गर्ने बताए । 

उनले देशले युद्ध पनिसँगै मनाउने र खुसी पनिसँगै साट्ने अवस्था भएकाले देशलाई खुसी दिलाउने माध्यम सबैका लागि रहने बताए । 
बेरेजोभेट्सका अनुसार खेलको प्रसारण खोज्ने काम भइरहेको छ । तर फ्रन्ट लाइनमा भएकाहरूका लागि यो असम्भव भए पनि, लड्नेहरू अझै एकै ठाउँमा भेला हुनेछन् र यदि उनीहरूले सक्छन् भने रेडियो सुन्नेछन् ।
‘जब फुटबल टोली खेल्ने छ । सम्पूर्ण देशले हेर्ने छ । फुटबल युक्रेनको नम्बर एक खेल हो, यो अत्यन्त लोकप्रिय छ,’ बेरेजोभेट्सले सीएनएन स्पोर्ट्लाई देशको द्वन्द्वग्रस्त क्षेत्रबाट टेलिफोन वार्तामा भने । 

‘विशेष गरी युद्धको समयमा सबै देशले युक्रेनको राष्ट्रिय टोलीलाई समर्थन गर्नेछन् । मानिसहरू वेल्ससँगको यो खेलको लागि उत्सुक छन् । यो खेल सबैका लागि महत्वपूर्ण छ विशेष गरि फ्रन्टलाइनरहरुका लागि,’ उनले थपे,‘यो महत्वपूर्ण क्षण हुनेछ र विशेष गरी सेनाको लागि । यो कठिन समयमा हाम्रो लागि धेरै महत्वपूर्ण हुनेछ।’

युक्रेनका खेलाडीहरुलाई यो खेल पहिलेको भन्दा फरक हुनेछ । उनीहरुलाई पूरै देशका लागि खेल्नेछन् । देशको अस्तित्वसँग यो खेल जोडिनेछ । खेलाडीहरूको खेल कौसलतामा रंग भर्ने काम युद्धग्रस्त क्षेत्रमा खटिएका फ्रन्टलाइनरहरुले समर्थन दिएर गर्नेछन् । केही समय युद्धलाई बिट मार्दै देशलाई सँगै बसेर समर्थन गर्ने मौका मिल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप