बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

औषधि किन्न गएका साहको शव इनारमा भेटियो

बिहीबार, १९ जेठ २०७९, १५ : ४२
बिहीबार, १९ जेठ २०७९

सिरहामा इनारमा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव बिहीबार बिहान इनारभित्र फेला परेको हो । मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए ।

औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताए । मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताए । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उनको भनाइ छ । 

शवलाई इनारबाहिर निकाली पोष्टमार्ट्मका लगि धरानस्थितको बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गरेकी छिन् । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताइन । साह एक महिना अधिमात्रै वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उनको विवाद भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप