शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एन्फा निर्वाचन : अपिलको समय आज

बिहीबार, १९ जेठ २०७९, १४ : ४७
बिहीबार, १९ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । 

निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटीले आज समयसीमा तोक्ने बताए ।

‘अपिलका लागि समय आजैबाट सुरु भइसक्यो । तर, अब समयसीमा कति दिन हुन्छ भन्ने  पनि कमिटीले आजै निर्णय गर्नेछ,’ भट्टराइले भने, ‘पछिल्लो कार्यतालिका प्रभावित पार्न मिल्दैन । यसको लागि धेरै दिन लिन मिल्दैन । यसबारे निर्णय पनि उहाँहरुले नै गर्नु हुनेछ ।’

आसन्न निर्वाचन तालिकाअनुसार मंगलबारसम्म दाबी विरोधको समयसीमा थियो । दाबी विरोधका १० उजुरी परेका थिए । यसमध्ये समितिले चारको मताधिकार खोसेको थियो । जसमा महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।  

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको आठमध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको थियो । योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझे अब, यो पक्ष पुनरावेदन समितिमा जान सक्नेछ । जसको लागि आज अपिलको समय तोकिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप