सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने

बिहीबार, १९ जेठ २०७९, १४ : १४
बिहीबार, १९ जेठ २०७९

भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकामा दुई सिरिज  खेल्ने जनाएको छ ।
भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय र पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।

एक दिवसीय सिरिज जुलाई २२ बाट सुरु हुनेछ । यस्तै अगस्ट १० बाट टी–ट्वान्टी सिरिज सुरु हुनेछ । टी–ट्वान्टी सिरिज अन्तर्गत अन्तिम दुई खेल भने अमेरिकाको फ्लोरिडामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप