शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एकै परिवारका सात जनाको अन्त्येष्टि, झलनाथले गरे अन्तिम बिदाइ

बिहीबार, १९ जेठ २०७९, १४ : ०५
बिहीबार, १९ जेठ २०७९

तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ,  राजन गोले,  इन्द्रबहादुर गोले,  राममाया गोले,  पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।

शवको पोस्टमार्टम सकिएपछि  बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको  धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप