बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण

बिहीबार, १९ जेठ २०७९, १३ : ३०
बिहीबार, १९ जेठ २०७९

पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ । बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

 योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो । श्रद्धाञ्जली दिन पुगेकाहरुले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प्रतीक रहेको उल्लेख गरे । उनले विकासप्रेमी, जनतालाई सुशासन दिने राजाको रुपमा स्मरण गरे । 

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का उपाध्यक्ष विमलराज शर्माले पूर्वराजा वीरेन्द्र शाह राष्ट्रवादी राजा भएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न ११६ राष्ट्रको समर्थन गराएको भन्दै पूर्वराजा शाहको प्रशंशा गरे । 

वि.सं. २००२ साल पुष १४ गते जन्मिएका पूर्वराजा शाहको २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा सपरिवार निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप