सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजको स्थापना दिवसका अवसरमा ३० जिल्लामा कार्यक्रम

बिहीबार, १९ जेठ २०७९, १२ : ४८
बिहीबार, १९ जेठ २०७९

मानव अधिकार तथा शान्ति समाजले 'शान्ति समाजको कार्यक्षेत्र : जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य' भन्ने मूल नारासहित दर्जनौ कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउ आन्दोलन, युद्ध निषेध : शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध-मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तीव्रता दिँदै आएको छ । ३८ जिल्लामा शाखा, १५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरि १० हजार ६ सय ६० जनाले सदस्यता लिएको  मानव अधिकार तथा शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी छन् ।

स्थापना दिवसका अवसरमा २०७९ जेठ १९ गते बिहान शान्ति समाज रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपागं आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ भने काठमाण्डौ शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु. २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षारोपण समेत गरेको छ ।

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गर्नुका साथै दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।

यसैगरी शान्ति समाज चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, संखुवासभा शाखाले फलफुल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगंगामा वृक्षारोपण कार्यक्रम गरेका थिए भने कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाई कार्यक्रम गरेको थियो ।

यस्तै शान्ति समाज पाल्पा शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले जेठ १८ गते पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो ।  

शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले जेठ १९ गते सेवामुखी लगायत विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप