रौतहटको देवाहीगोनाही नगरपालिकाको कार्यपालिका निर्वाचनमा वाम गठबन्धन
बिहीबार, १९ जेठ २०७९, १२ : २३
रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । देवाहीगोनाही नगरपालिकामा वाम गठबन्धन गरेर कम्युनिस्ट समर्थित आठैजना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।
देवाही गोनाहीमा कार्यपालिका सदस्यको निर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका दुई, माओवादीका ३ र एकीकृत समाजवादीका ३ जना उम्मेदवार निर्वाचित भएका हुन् ।
महिलातर्फ कार्यपालिकाको जिम्मेवारी पाउनेमा अंजीला देवी, रहिमा बेगम, चुल्हिया देवी, जसोधा देवी, अमिरखा देवी छन् । त्यस्तै दलित तथा अल्पसंख्यकमा विन्देश्वर प्रसाद जयसवाल, अजयकान्त साह र सुरेश साह कलवार निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा