सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

माओवादी नेता मातृका यादवको गुनासो : अन्तर्घातीहरुलाई कहिल्यै कारवाही भएन

बिहीबार, १९ जेठ २०७९, १२ : १४
बिहीबार, १९ जेठ २०७९

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री मातृका यादवले पार्टीलाई अन्तर्घात गर्नेहरुलाई कहिल्यै कारवाही नभएको गुनासो गरेका छन् । पार्टीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन आएका   यादवले छानविन कमिटी गठन गरिएपनि अन्तर्घातीहरुलाई कारवाही नभएको जिकिर गरे । 

‘मातृका कति दोषी हो÷होइन ? मूल्याङ्कन गर्नुपर्यो । मेरो केही कमजोरी भए सहर्ष स्वीकार गर्छु । दोषी देखिए कारवाही भोग्न तयार छु । यादवले भने, ‘छानविन गर्न कमिटी गठन गर्ने तर अन्तर्घातीहरुलाई कहिल्यै कारवाही भएन । त्यो देखाउनलाई मात्रै भयो । ’ माओवादी पार्टी जस्तै चल्नुपर्ने बताउँदै यादवले क्लबजस्तै चलाउन नहुने जिकिर गरे ।

‘अब चुनाव हार÷जितेको केन्द्रीय समितिमा समीक्षा हुने छ । मेरो जोड समीक्षा हुनुपर्छ । अहिले थुप्रै समस्याहरु देखिएका छन् ।’ यादवले भने,  ‘खासमा मधेसमा २०७४ सालमा २१ जितेमा ९ पालिका मात्रै जितेका छौ । यो चुनावमा पार्टी नै थिएन । व्यक्तिहरु थिए आफ्नै ढंगले लडे । पार्टी नेतृत्व जसरी लाग्नुपर्ने थियो त्यसरी लागेन ।’ मधेसमा माओवादीको कमिटी नहुँदा आ–आफ्नै ढंगले समेत चुनाव लड्दा ९ पालिका मात्रै जितेको उनले बताए ।  

‘मधेसमा पार्टीको कमिटी थिएन । नेतृत्वविहिन भयो । मेरो जिम्मेवारी पनि छैन ।’ यादवले भने, ‘यो चुनावमा मेरो जिल्लामा कसलाई टिकट दिइँदैछ भन्ने समेत थाहा थिएन । उम्मेदवारी दर्ता गर्ने लास्ट दिनसम्म  कसले टिकट पाउँदै भन्ने समेत थाहा थिएन । यस्तोसम्म भएपछि भन्नुस् पार्टीको अवस्था कस्तो रहेछ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप