विप्लवले केन्द्रीय समिति बैठकका निर्णय पत्रकार सम्मेलन गरेर जानकारी दिने
बिहीबार, १९ जेठ २०७९, ११ : ४२
![विप्लवले केन्द्रीय समिति बैठकका निर्णय पत्रकार सम्मेलन गरेर जानकारी दिने](https://rpcdn.ratopati.com/media/albums/biplab_fiTZqjD8eN.jpg)
नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णय पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ । गत जेठ १२ गतेदेखि १६ गतेसम्म उदयपुरमा सम्पन्न केन्द्रीय समिति निर्णय आगामी शुक्रबार राष्ट्रिय नाचघर जमलमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको हो ।
विप्लव समूहको बैठकले असोज १ गते पार्टीको नौ महाधिवेशन गर्ने निर्णय गरेका छन् । पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली निस्किएपछि पहिलोपटक विप्लव समूहको बैठक बसेको हो । हाल विप्लवले नेकपालाई नै निरन्तरता दिएको छ भने बास्तोला ओली समूहले नेकपा बहुमत पुनर्गठन गरेका छन् । बास्तोला–ओली पक्षले पार्टी महाधिवेशन आगामी फागुन १ गते गर्ने निर्णय गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन